LISTEN LIVE RADIO

सरकारी कर्मचारी सहित तुलसीपुरमा थप १६ जनामा कोरोना संक्रमण



सरकारी कर्मचारी सहित तुलसीपुरमा थप १६ जनामा कोरोना संक्रमण

देउखुरी टुडेकर्मी, तुलसीपुर २६ असोज ।

सरकारी कार्यालयका कर्मचारी सहित तुलसीपुरमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट लिएको स्वाबमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ६ जना महिला र १० जना पुरुष रहेको उपमहानगरपालीकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेहरुमा वडा नम्बर ६ का २९, २८, २५, ४९, ३२, ३७, २८ वर्षका ८ जना पुरुष र १८, २७ र ४७ वर्षका ३ जना महिला रहेका छन् ।

यस्तै वडा नम्बर ५ का २८, ४१ र ४३ वर्षिय तिन जना महिला, वडा नम्बर ४ का ३३ वर्षका एक जना पुरुष र वडा नम्बर ७ का ३८ वर्षिय पुरुष रहेको फोकल पर्सन केसीले बताए ।

योसंगै तुलसीपुरमा आजसम्म संक्रमित हुनेको संख्या ३ सय २४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ सय ६ जना रहेको छ । हालसम्म कोरोना मुक्त भई घर फर्कनेको संख्या २ सय १८ जना पुगेको फोकल पर्सन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे