LISTEN LIVE RADIO

देशभर आज ४ हजार ४७ जनामा कोरोना पुष्टि, १४ सय ७३ जना डिस्चार्ज, ९ जनाको मृत्यु



देशभर आज ४ हजार ४७ जनामा कोरोना पुष्टि, १४ सय ७३ जना डिस्चार्ज, ९ जनाको मृत्यु

देउखुरी टुडेकर्मी, काठमाडौं २६ असोज ।

नेपालमा वितेको २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ५ सय ३० जनाको नमुना परीक्षण गर्दा ४ हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमित एक लाख ११ हजार ८ सय २ पुगेको छ । यस्तै वितेको २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

अब नेपालमा ३३ हजार आठ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने ४ हजार आठ सय ३१ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा ९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । याेसगै नेपालमा काेराेना संक्रमणबाट  मृत्यु हुनेको कुल संख्या ६ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे