LISTEN LIVE RADIO

दाङकाे बबई गाउँपालिकाका अध्यक्ष सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि



दाङकाे बबई गाउँपालिकाका अध्यक्ष सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि

देउखुरी टुडेकर्मी, दाङ २६ असोज ।

बबई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित पाँच जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा प्रमुख प्रशाकिय अधिकृत भिष्मकुमार मल्ल, वडा नम्बर दुईका अध्यक्ष चिन्तामनी शर्मा र एक जना इन्जिनियर राजेश देवकोटा रहेका छन् । संक्रमित सबै अहिले घरकै आइसोलेसनमा बसेका छन् । बबई गाउँपालिकामा अहिले सक्रिय संक्रमितको संख्या १० पुगेको कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे