जिल्ला प्रशासन कार्यालय दाङ दाेस्राे पटक ५ दिनका लागि सिल



जिल्ला प्रशासन कार्यालय दाङ दाेस्राे पटक ५ दिनका लागि सिल

देउखुरी टुडेकर्मी, घाेराही २५ असोज ।

एक जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङ दाेस्राे पटक ५ दिनका लागि सिल गरिएको छ । आज आइतबार २५ गतेदेखि शुक्रबार ३० गतेसम्म कार्यालय सिल गरिएको प्रशासकीय अधिकृत धर्मराज शर्माले जानकारी दिए।

अन्य केही कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइएकाले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावसयक सेवा बाहेक अन्य सेवा भने ५ दिनसम्म बन्द हुने अधिकृत शर्माले जानकारी दिए ।

यस अघि पनि कर्मचारीमा कोरोना दिएपछि जिल्ला प्रशासन कार्यालय सिल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे