LISTEN LIVE RADIO

कर्मचारीमा कोरोना देखिएपछि लमहीको राष्ट्रिय बाणिज्य बैंक सिल



कर्मचारीमा कोरोना देखिएपछि लमहीको राष्ट्रिय बाणिज्य बैंक सिल

श्रवण बस्नेत, लमही २३ असोज । लमहीमा रहेको राष्ट्रिय बाणिज्य बैंकका एक कर्मचारीमा कोरोना देखिएपछि शुक्रबार देखि बैंक सिल गरिएको छ । लमही बजारको सुपरमार्मेट तथा ब्यस्त रोडमा रहेको बैंकका सहायक प्रमुख पदमा रहेकी ३५ वर्षिय महिलामा कोरोना देखिएपछि बैंक सिल गरिएको हो ।

अन्य कर्मचारीहरुको पनि स्वाब परिक्षण गराउनुपर्ने भएकोले उक्त नतिजा नआउनजेल सम्म बैंकबाट दिने सबै सेवा शुक्रबार देखिनै बन्द गरिएको छ । शुक्रबार बैंकले एक सुचना जारी गरेर संम्पर्ण सेवा बन्द भएको जानकारी दिएको हो । शुक्रबार बिहानै देखि बैंक सिल गरिएको छ । नेपालकै पुरानो चर्चित बैंक राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीमा कोरोना देखिएपछि देउखुरी लमही क्षेत्रमा रहेका अन्य सरकारी तथा बित्तीय बैंकका कर्मचारीहरुमा संत्रास छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे