पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १ सय ७७ जनाकाे मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि,  थप १ सय ७७ जनाकाे मृत्यु

काठमाण्डाै ७ जेठ । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी आठ हजार ६ सय सात जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे