दाङमा थप १९० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु, ४१ जना निको



दाङमा थप १९० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु, ४१ जना निको

दाङ ५ जेठ । दाङमा थप १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार संक्रमित हुनेमा ८७ जना महिला र १०३ जना पुरुष छन् । आज संक्रमित हुनेहरु घोराहीका ८८, तुलसीपुरका ७६, दंगीशरणका ९, लमहीका ५, राप्तीका ४, बबईका ३, राजपुरका र शान्तिनगरका २÷२ जना र गढवाका १ जना रहेका छन् ।

जिल्लामा २ हजार ७ सय ७६ सक्रिय संक्रमित रहेका छन् । यि मध्ये २ हजार ५ सय २३ जना होम आईशोलेशन र १५३ जना संस्थागत आइसोलेसनमा छन् । वैशाख यता कुल संक्रमितको संख्या ५ हजार ४ सय ९५ जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जिल्लामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराही १० का ७६ वर्षिया महिला, वडा नम्बर १३ का ५५ वर्षिय पुरुष, वडा नम्बर ४ का ६० वर्षका पुरुष तुलसीपुर १९ का ४८ वर्षका पुरुष रहेका छन् । यो संगै बैशाखयता मृत्यु हुनेहरुको संख्या १ सय ३८ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज कोरोना संक्रमण मुक्त भई ४१ जना डिस्चार्ज भएका छन्् । यो संगै बैशाखयता जिल्लामा डिस्चार्ज हुनेको संख्या ३ हजार ९पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे