कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई अक्सिजन सिलिन्डर र अक्सिमिटर प्रदान



कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई अक्सिजन सिलिन्डर र अक्सिमिटर प्रदान

भालुवाङ ४ जेठ । कोरोना विशेष अस्थायी अस्पताल सिसहनियाँलाई १७ थान अक्सिजन सिलिन्डर र ५ थान अक्सिमिटर प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन राप्ती गाउँपालिका र वाइसियल नेपालको संयुक्त पहलमा ती सामाग्रीहरु अस्पतालका व्यवस्थापक निमबहादुर राउतलाई हस्तान्तरण गरिएको अभियान्ता माधव भुसालले जानकारी दिएका छन् ।

अक्सिजन अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको अभियान्ता भुसालले बताए । उक्त हस्तान्तरण कार्यक्रममा अभियान्ता तथा समाजसेवी गन्जबहादुर बिष्ट, स्वास्थ्यकर्मी तथा समाजसेवी प्रकाश बिष्ट, तपराज आचार्य, माधब भुसाल, तुला गिरी, जगत खनाल, प्रकाश महरा, कृष्ण सुवेदी, शंकर गौतम लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे