वाइडबडीले चार खेपमा ल्यायो १९ सय थान सिलिन्डर, बेइजिङमा अझै २ वटा उडान गर्ने



वाइडबडीले चार खेपमा ल्यायो १९ सय थान सिलिन्डर, बेइजिङमा अझै २ वटा उडान गर्ने

काठमाण्डाै ४ बैशाख । नेपाल वायु सेवा निगमको जहाजले चीन र ओमानबाट चार खेपमा एक हजार नाै सय ३५ थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ । जहाजले चीनको बेइजिङबाट मात्रै तीन खेपमा एक हजार तीन सय ७५ थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ ।

निगमको वाइडबडी जहाजले वैशाख २८ गते बेइजिङबाट चार सय थान तथा हिजो र आज मात्रै नौ सय ७५ थान सिलिन्डर ल्याएको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । हिजो राति बेइजिङ गएको जहाजले आज पाँच सय ७५ थान सिलिन्डर ल्याएको छ । यस्तै गएको शनिवार ओमानबाट पाँच सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ ।

निगमको जहाज सिलिन्डर ल्याउन आज पनि बेइजिङ जाँदैछ, भोलि दिउँसो फर्कने जहाज भोलि राति फेरि चीन जानेछ । कोरोना नियन्त्रण र रोकथामका लागि निगम सरकारको साथमा रहेको र सरकारले जुन ठाउँमा आवश्यक पर्छ त्यहीँ जान तयार रहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे