पत्रकार बस्नेतको उपचारका लागि पत्रकार महासंघ दाङद्वारा १५ हजार सहयोग



पत्रकार बस्नेतको उपचारका लागि पत्रकार महासंघ दाङद्वारा १५ हजार सहयोग
दाङ १ जेठ। कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ ।
उनलाई उपचारमा आर्थिक समस्या भएकाले पत्रकार महासंघ दाङ शाखाको पत्रकार सहायता कोषबाट १५ हजार रुपयाँ सहयोग गरेको महासंघका अध्यक्ष दुर्गालाल केसीले बताए । पत्रकार बस्नेतको उपचारमा अझै समस्या भएकाले महासंघले सम्पूर्ण सञ्चार संस्था, पत्रकार लगाएत अन्य सहयोगीहरुलाई आर्थिक सहयोग गरी जीवन बचाउने मानवीय कर्ममा सरिक भैदिन अनुरोध पनि गरेको छ ।
महासंघले सहयोग रकम रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाको नाममा रहेको नेपाल बङ्गलादेश बैंक लिमिटेड हापुरे शाखाको बचत खाता नम्बर ०६४००२१५२१ (शुन्य छ चार शुन्य शुन्य दुई एक पाँच दुई आई) मा जम्मा गरिदिन अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे