पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारका लागि बनायो ६ बेडको आइसोलेसन



पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारका लागि बनायो ६ बेडको आइसोलेसन

दाङ, बैशाख २१ । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनकोसहित ६ बेडको आइसोलेसन स्थापना गरेको छ । कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले पत्रकारलाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन महासंघले घोराहीमा रहेको आफ्नै कार्यालयमा आइसोलेशन स्थापना गरेको हो।

यस्तै महामारीको समयमा आइसोलेसन व्यवस्थापनका लागि महासंघ अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । बैठकले कोरोना संक्रमित पत्रकारकालागी स्थापना भएको आइसोलेसन व्यवस्थापनकालागी महासंघ दाङ शाखा अध्यक्ष केसीको संयोजकत्वमा कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एव सञ्चार संघसंगठनका प्रमुख रहेको मूल समिति गठन गरेको छ ।

त्यसैगरी उपाध्याक्ष बसुन्धरा गौतमको संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा सचिव आर।के।शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।

सचिव शीलतका अनुसार बैठकले कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनरहरुकालागी पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनकालागी महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।

जसकालागी नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि। घोराही शाखामा रहेको खाता न। ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताकालागी सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे