पछिल्लो २४ घण्टामा नेपालमा तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै १२ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आज काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।  २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेकाे छ । २४ घण्टामा २८ जनाकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार एक सय ६४ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे