LISTEN LIVE RADIO

कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको मृत्यु



कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको मृत्यु

दाङ ८ वैशाख । कोरोना संक्रमणबाट दाङका एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी दामोदर अधिकारी रहेका छन् ।

केही हप्ता पहिले टाइफाइड देखिएपछि उपचाररत अधिकारीको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । गत चैत २७ गते उनको पिसिआर रिपार्टमा कोरोना पोजेटिभ देखिएपछि उनी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको मंगलबार बेलुका साढे ९ बजे निधन भएको हो । उनी पत्रकारिता क्षेत्रमा पनि आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे