तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जना काेराेना संक्रमित थपिए



तुलसीपुरमा ३ विद्यार्थी सहित १४ जना काेराेना संक्रमित थपिए

तुलसीपुर ५ वैशाख । तुलसीपुरमा ३ बिद्यार्थी सहित १४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु ६ बर्षदेखि ५७ बर्ष सम्मका रहेको तुलसीपुर उपमहानगरपालिका काेराेना फाेकल पर्सन विमल केसीले बताए ।

आज संक्रमित हुनेमा वडा नं. ५ का ६ जना , वडा नं. ६ का २ जना ,वडा नं. ११ का ६ जना ,वडा नं. ९ का १ जना रहेका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल प्याथ ल्याव र कोहलपुर मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै तुलसीपुरमा ५२ जना सक्रिय सक्रमित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे