LISTEN LIVE RADIO

लमही महोत्सवमा दर्शकको बाक्लो उपस्थिति, गायक चन्द्र शर्मा र भुमिका गिरीले दर्शक नचाए



लमही महोत्सवमा दर्शकको बाक्लो उपस्थिति, गायक चन्द्र शर्मा र भुमिका गिरीले दर्शक नचाए

लमही ६ माघ । दाङको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा जारी दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८० मा शनिबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो।

माघ ५ गते देखि १७ गते सम्म सञ्चालन हुने महोत्सवमा शनिवार दोस्रो दिन करिब चार हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवको दोस्रो दिन लोक तथा दोहोरी गायिका भुमिका गिरी र लोक तथा दोहोरी गायक चन्द्र शर्माले सांगितिक प्रस्तुती दिएका छन् । चन्द्र शर्माले लोक तथा दोहोरी गीत बाच्छीले धान खायो, उखु गुलीयो, चरीले गुड सा¥यो लगायत एक दर्जन भन्दा बढी सांगितिक प्रस्तुत गरेका थिए । भुमिका गिरीले चोली मैलो भयो, देउरालीमा, फिख्खा चिया, तारासंगै जुन गीत गाउँदा दर्शकले वान्स मोरको आग्रह गरेका थिए ।

दोस्रो दिन लमहीको महोत्सवमा लोक तथा दोहोरी गायक तथा उद्घोषक ढाकाराम पौडेल, उद्घोषक दिपक बर्मा, मोडेल ममता रोका, सुस्मिता कोइराला लगायतका स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । आइतवार लमही महोत्सवमा चर्चित गायक हेमन्त शर्मा, मोडेल अञ्जली अधिकारी, मोडेल बिजय पुन, गायिका जानकी तारामी मगर, उद्घोषक अनुप बुढा, सुस्मिता कोइराला लगायतका कलाकारहरुको प्रस्तुती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे