LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको देवीकोटबाट व्यवसायीक रूपमा प्याराग्लाइडिङ उडान सुरू



राप्ती गाउँपालिकाको देवीकोटबाट व्यवसायीक रूपमा प्याराग्लाइडिङ उडान सुरू

भालुवाङ ६ माघ । लुम्बिनी प्रदेशकै पहिलाे उडान क्षेत्र दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकाेटबाट व्यवसायीक रूपमा प्याराग्लाइडिङ उडान सुरू भएको छ ।

माघी पर्वलाई लक्षित गरि ३ दिनका लागि विशेष उडान गरिएको छ । सोही अवसरमा लुम्बिनी प्रदेशकै गाैरवपूर्ण रहेकाे प्याराग्लाइडिङ साहासिक खेल माघ ४ गतेबाट माघ ६ गते सम्म बुकिङ खुल्ला गरिएको थियाे । शुक्रबार सम्म व्यवसायीक उडानकाे पहिलाे सुरुवातमै रिडी राप्तीको व्यवस्थापन र बाबू एडभेञ्चर्सको उडानको संयुक्त पहलमा माघी पर्व २०८० लाई लक्षित गरि माघ ४, ५ र ६ गते सम्मको लागि प्रायोजन गरिए अनुसार माघ ४ गते व्यवसायीक उडान शुरु भई १२: १४ बजे ६८ वर्षिय रिडी राप्ती का शेयरधनी खुशलराम पुनबाट शु्रु भई संचालक वेदबहादुर थापा, संचालक झकेन्द्र घर्ती मगर, संचालक प्रमोद बुढा, हिरे रोका, गोर्खा स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजाल, कपिल न्यौपाने, धनिराम गुरुङ, पुर्णबहादुर पुन, शेयरधनी लिलाबहादुर पाटा मगर, शेयरधनी दिलबहादुर घर्ति, शेयरधनी चन्द्रबहादुर घर्ती मगर, देवीराम चर्ती मगर, रिडि ग्रुपका शेयरधनी युवराज थापा मगर र संचालक हरिबहादुर घर्ति मगर सहित १५ जनाले उडान भरेका थिए ।

त्यसै गरि दोस्रो दिन ५ गते कुलबहादुर बुढा मगर, भिमबहादुर रोका मगर, संचालक मनिराज पुन, राहुल रोका, यज्ञ विश्वकर्मा, टंकबहादुर थापा मगर, शेयरधनी पूर्ण थापा, गोर्खा स्कुल घोराहीका प्रधानाध्यापक तथा शेयरधनी मानसिंह घर्ती मगर, संचालक सम्झना घर्ती, रिडी ग्रुपका शेयरधनी रामरेखी घर्ती, जेविका रोका मगर, घनाकुमारी पुन, थमी पुन सहित १३ जना गरी हाल सम्म ५ जना महिला र २३ जना पुरुष गरि २८ जनाले साहसिक खेलमा उडान भरेको देउखुरी उपत्यकाको मनमोहक दृश्य अवलोकन गरी प्राकृतिक दृश्यावलोकन गरि सकेका छन् ।

शनिबार अन्तिम दिन रहेकाे संचालक समितिले जानकारी गराएकाे छ र बाँकी अरु थप खेल खेल्न थप भए निरन्तर उडान गर्ने समेत संचालकबाट जानकारी आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे