LISTEN LIVE RADIO

लालमटिया महोत्सवको उद्घाटन मन्त्री सरोज थापाले गर्ने, तयारी अन्तिम चरणमा



लालमटिया महोत्सवको उद्घाटन मन्त्री सरोज थापाले गर्ने, तयारी अन्तिम चरणमा

भालुवाङ २४ पुस । देउखुरीको राप्ती गाउँपालिका-२ लालमटियामा सञ्चालन हुन लागेको ‘छैठौं राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री सरोज थापा (रोज राणा)ले गर्ने भएका छन् ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यही पुस २६ गते देखि माघ ८ गते सम्म सञ्चालन गर्न लागेको महोत्सवलाई मन्त्री रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष तथा महोत्सव मुल समितिका संयोजक सुरज खड्काले जानकारी दिएका छन् । ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सञ्चालन हुन लागेको छ ।

महोत्सवमा हाल १ सय वटा स्टलहरु निर्माण हुँदै छ । साथै तयारी समेत अन्तिम चरणमा पुगेको छ । महोत्सवमा २० वटा स्टलमा कृषि, हस्तकला र स्वास्थ्यको स्टल राखिने अध्यक्ष खड्काले बताए । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।

संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ ।

महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिने भएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहनेछन् । विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा समेत गराईने छ संघले जनाएको छ ।

महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर राप्ती स्लो डान्स आइडल हुने छ । जसमा प्रथम हुनेलाई नगद २० हजार, दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको संयोजक खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे