देउखुरी व्यापी नकआउट क्रिकेट प्रतियोगिताको उपाधी आयोजक राप्तीद्वारलाई



भालुवाङ २६ फागुन । दाङको राप्ती गाउँपालिका १ पाखापानीमा सञ्चालित देउखुरी व्यापी नकआउट क्रिकेट प्रतियोगिताको उपाधी आयोजक राप्तीद्वारले हात पारेको छ ।

राप्तीद्वार क्रिकेट फाउन्डेसनको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालितथ प्रतियोगिताको उपाधी आयोजक राप्तीद्वार क्रिकेट फाउन्डेसनले हात पारेको हो । लक्की स्टार क्रिकेट क्लबलाई १ विकेटले पराजित गर्दै आयोजक राप्तीद्धारले उपाधी चुम्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको लक्की स्टार क्रिकेट क्लबको टिमले १९.३ ओभर खेल्दै आफ्नो सम्पुर्ण विकेट गुमाएर मात्र १ सय २३ रन बनायो । जवाफी १ सय २४ रनको लक्ष्य पछाएको आयोजक राप्तीद्वार क्रिकेट फाउन्डेसनले १९.५ ओभरमा आफ्नो ९ विकेट गुमाएर उक्त लक्ष्य भेटायो । यस फाइनल खेलको म्यान अफ द म्याच हेमराज सुवेदी भए ।

तेस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राप्तीद्वारका पुरुषोत्तम आचार्य भए । उनले नगद २ हजार ६सय ५ रुपैयाँ प्राप्त गरे । तेस्तै बेस्ट बलर राप्तीद्वारका सरोज अधिकारी भए । उनले नगद १ हजार ५ प्राप्त गरे । तेस्तै बेस्ट ब्याट्स म्यान लक्कीस्टारका शरद पोख्रेल भए । उनले पनि नगद १ हजार ५ रुपैयाँ प्राप्त गरे । यो सँगै बिजेता राप्तीद्धारले करकट्टी सहित नगद २२ हजार ५ सय र उपबिजेता लक्की स्टारले करकट्टी सहित नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

राप्तीद्वार क्रिकेट फाउन्डेसनका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा भालुबाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन फाउन्डेसनका सचिब हेमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे