LISTEN LIVE RADIO

लमही महोत्सवमा शान्ति श्री परियारले बोल माया गीत गाउँदा दर्शकको आँखा रसायो



लमही २६ माघ । लमही महोत्सवको स्टेज चढेकी चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियारले सुरुमै बोल माया गीत गाउँदा दर्शकका आँखा रसाएका थिए ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीकको पन्ध्रौ दिन बिहिवार लोक दोहोरी गायिका परियारले सुरुमा दर्शकहरुलाई भावुक बनाए पनि त्यसपछिका गीतले भने दर्शकहरु रमाएका थिए । उनले गलबन्दी च्यातियो, खोली तारिदेयो न माझी दाई, लाहुर जाने रेलमा, रुकुमकोट लगायतका गीतबाट दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । त्यस्तै कार्यक्रम त्यस्तै मोडेल तथा डान्सर दिपिका चौधरी, कलाकारहरु दीपक बर्मा र अनुप बुढा मगरले पनि आफ्ना प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा महोत्सव सञ्चालन भएको छ । यस्तै माघ २७ गते चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी, गायक नरेश खाती, गायक यादवनाथ योगी, गायक श्रीधर कडेल र उद्घोषक दिपक खड्का लगायतका कलाकारहरु आउने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे