LISTEN LIVE RADIO

लमही महोत्सवको आज एघारौँ दिन, चर्चित गायिका आले र चर्चित गायक रेउले आउँदै



देउखुरी २२ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आइतबार एघारौँ दिन लोकप्रिय तथा चर्चित गायिका प्रिती आले र चर्चित लाेकदाेहाेरी गायक कृष्ण रेउले आउने भएका छन् ।

कार्यक्रमकी मुख्य आकर्षक चर्चित तथा लाेकप्रिय गायिका प्रिती आले सांगीतिक क्षेत्रकी एक बहुप्रतिभाकी धनी गायिका हुन् । ‘बोलायो रे मायाले, ओ माल, नयाँ साथी, गाईलाई खरी घाँस, मन परेको जुत्ता, हे राम, सोल्टी राजै जस्ता अत्याधिक चर्चा कमाउन सफल गीतहरुमा अवाज र अभिनय समेत गरिसकेकी छिन् ।

यस्तै कार्यक्रमका आर्का मुख्य आकर्षक तथा चर्चित लाेक दाेहाेरी गायक कृष्ण रेउले सबै वर्ग समुदायले मनाएईएका गायक हुन् । उनले “आज गाउँमा, साईली, झुमा साइबो, लगायत चर्चित गीतमा स्वर दिएका छन् । गायक रेउले युवा पुस्ताले निकै मन पराएका गायक हुन् । सांगीतिक कार्यक्रमका लागि गायक रेउले र गायिका आले यतिबेला देश तथा विदेशको दौडाहमा व्यस्त छन् । त्यस्तै महोत्सवमा यिनै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरूकाे समेत जाेडदार प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

महाेत्सवमा पछिल्लो समयका लोकप्रिय मोडेल विजय पुन, र दीपक वर्माको पनि गज्जबको प्रस्तुति रहने भएको छ भने कुशल कार्यक्रम संचालिका मंजु पौडेलको भरपुर साथ् रहने छ । अन्य डान्सर कलाकारहरुले पनि आफ्नो प्रतिभा देखाउने छन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको आयोजना गरेको छ ।

सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे