LISTEN LIVE RADIO

लमही महोत्सव हेर्न उर्लियो जनसागर, आमाहरुलाई रुवाउने बद्रीले यस पटक भने नचाए



लमही २१ माघ । दाङ देउखुरीको लमहीमा सञ्चालित छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको शनिबार दशौँ दिन झन्डै १० हजार दर्शकहरुले अवलोकन गरेका छन् । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बद्री पंगेनी आउने भएपछी र शनिबार भएकोले पनि गाउँ–गाउँबाट महोत्सव हेर्न दर्शकहरुको भिड लागेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् ।बेलुकाको करिव सवा ५ बजे स्टेजमा उक्लेका गायक पंगेनीले यस पटक लमही महोत्सवमा बुढी आमाहरुलाई नरुवाउने उद्घोष गर्दै रमाइला गितहरुलाई छमछमी नचाएका थिए । उनले कला चल्यो गला चल्यो मान्छे चलेन, भीरको बाटो, ससुरालीमा, झ्यारेको तालैमा, कान्छी ओई कान्छी, लाउ चेली सिन्दुर लाउ लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै कार्यक्रम त्यस्तै चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल, गायक तथा मोडेल विजय पुन, डान्सर सरिता दानकुटी, अस्मिता पुरी, दीपक वर्मा, अनुप बुढा मगर, भुलन गुप्ताको पनि प्रस्तुति रहेको थियो ।महोत्सवको उद्घोषणमा कुशल कार्यक्रम संचालिका मञ्जु पौडेल रहेकी छिन् । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको आयोजना गरेको छ ।

यस्तै माघ २२ गते चर्चित गायिका प्रिति आले, कृष्ण रेउले, विजय पुन लगायतका कलाकारहरु आउने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे