LISTEN LIVE RADIO

महोत्सवकाे आज दशाैँदिन चर्चित लाेकदाेहाेरी गायक बद्री पंगेनी र डान्सर करिष्मा ढकाल आउँदै



लमही २१ माघ । देउखुरीकाे लमहीमा जारी  छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज शनिबार दशाैँ दिन चर्चित लाेकदाेहाेरी गायक बद्री पंगेनी र चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल आउने भएका छन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको  “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवको आज दशाैँ दिन चर्चिच लाेक दाेहाेरी गायक बद्री पंगेनी, मोडेल तथा डान्सर करिष्मा ढकाल, अस्मिता पुरी चर्चित गायिका मञ्जु पौडेल, गायक तथा मोडेल विजय पुन लगायतका कलाकारहरू आउने महोत्सव व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

यता महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको आयोजकले जानकारी दिएको छ ।

आज शनिबार दशौ दिन दर्शकको बाक्लो उपस्थिती रहने संघका उपाध्यक्ष केशबराज आचार्यले जानकारी दिए । शनिबार सार्वजनिक बिदाको दिन भएकाले पनि दर्शकको भीड बढ्ने उनले बताए ।

महाेत्सवकाे  नवौं दिन शुक्रवार चर्चित आधुनिक गायिका एलिना चौहानले धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, छुनुमुनु जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको अत्याधिक हुटिङ आएको थियो । आधा दर्जन गीत गाएकी एलिना यति बेलाकी चर्चित गायिका भएको कार्यक्रममा देखिएको उनको क्रेजले नै पुष्टि गर्यो ।

एलिनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेज तल भीड समेत लागेको थियो । त्यसैगरी महोत्सवमा चर्चित लोक दोहोरी गायिका मञ्जु पौडेल, गायक देवेन्द्र बस्नेत, गायक तथा मोडेल विजय पुन लगायतका कलाकारहरूले आफ्ना विभिन्न गीत मार्फत दर्शकहरूलाई छमछमी नचाएका थिए ।

कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि सगरमाथा डान्स ग्रुप नेपालगञ्ज लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए । यस्तै शुक्रबार करिब २५ सय दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । अन्य दिनको तुलनामा भन्दा शुक्रबार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

करिब एक करोडको कारोबार गर्ने लक्ष्यका साथ देउखुरी उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेको हो । महोत्सवको समयावधिभर उक्त लक्ष्य पुरा हुने उपाध्यक्ष पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे