LISTEN LIVE RADIO

लमही महोत्सवको नवौं दिन दर्शकको बाक्लो उपस्थिती, एलिना चौहानको प्रस्तुतीमा युवाको क्रेज



लमही २० माघ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको नवौं दिनमा अहिले सम्मकै सवै भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् शुक्रवार चर्चित आधुनिक गायिका एलिना चौहान आउने खवरले देउखुरीका विभिन्न ठाउँबाट दर्शकको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव स्थलमा दर्शकले भरिभराउ देखिन्थ्यो ।“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवको शुक्रवार नवौं दिन चर्चित आधुनिक गायिका एलिना चौहानले धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, छुनुमुनु जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको अत्याधिक हुटिङ आएको थियो । आधा दर्जन गीत गाएकी एलिना यति बेलाकी चर्चित गायिका भएको कार्यक्रममा देखिएको उनको क्रेजले नै पुष्टि गर्यो । एलिनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेज तल भीड समेत लागेको थियो ।त्यसै गरि महोत्सवमा चर्चित लोक दोहोरी गायिका मञ्जु पौडेल, गायक देवेन्द्र बस्नेत, गायक तथा मोडेल विजय पुन लगायतका कलाकारहरूले आफ्ना विभिन्न गित मार्फत दर्शकहरूलाई छमछमी नचाएका थिए । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि सगरमाथा डान्स ग्रुप नेपालगञ्ज लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए । यसै बीच महोत्सवको शनिवार दशौै दिन चर्चिच लाेक दाेहाेरी गायक बद्री पंगेनी, मोडेल तथा डान्सर करिष्मा ढकाल, अस्मिता पुरी चर्चित गायिका मञ्जु पौडेल, गायक तथा मोडेल विजय पुन लगायतका कलाकारहरू आउने महोत्सव व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे