LISTEN LIVE RADIO

गायक राजेन्द्रको प्रस्तुतीमा दर्शकको हुटिङ, सोचे अनुसारको प्रस्तुती राख्न नपाएको गुनासो



गायक राजेन्द्रको प्रस्तुतीमा दर्शकको हुटिङ, सोचे अनुसारको प्रस्तुती राख्न नपाएको गुनासो

दाङ ६ चैत । थारू गित संगितमा पछिल्लो समय चर्चामा आउन थालेका गायक राजेन्द्र चाैधरीले आइतबार घोराही महोत्सव तताएका छन् ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि महोत्सवमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी चाैधरीले चलो जाई साली लमही बजार, ए मोर साली एतना सुहाल हो, तोहार भरल जवानी जस्ता गित गाउँदा गाउँ गाउँबाट मेला हेर्न आएका थारू समुदायका युवायुवती सँगै पहाडीमुलका दर्शकहरूले गितको बिच बिचमा हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

करिव २ बजे महोत्सवमा छिरेका गायकलाई सोर्स लगाएर आशन ग्रहण गराउनु परेको, सोचे अनुसारको प्रस्तुती राख्न नपाएकोमा र सवै कलाकारलाई सम्मान गर्दा आफुलाई कुनै पनि प्रकारको रेसपोन्स नगरेकोमा भने गायक चाैधरीले चित्त दुखाएका थिए ।

थारू, नेपाली र भजन गित सहित २ दर्जन बढी गित निकालिसकेका गायक चाैधरीले हालै मात्र उत्सर्ग फिल्मस प्रालिद्वारा थारू विधाबाट उत्कृष्ट अवार्ड समेत प्राप्त गरिसके छन् ।

यसै क्रममा आइतबार शिव परियार, सन्दीप न्यौपाने, रिता रावत, मालती घले, प्रेमविवस घर्ति, टोपेन्द्र विष्ट, उमादेवी खनालका साथै अन्य कलाकारहरूले प्रस्तुती राखेका थए ।

सोमवार प्रमोद खरेल, कृष्ण काफले, रिया घले, अनु रानामगर, सुनिता अधिकारी, सगुन थापा, शरद समिप, देवेन्द्र वस्नेत, शसि शर्मा मजगैया तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । त्यसैगरेर लुम्विनी प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरु विच लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइरहेको छ ।

यसै बीच प्रदर्शनीमा खुल्ला कविता प्रतियोगीता पनि सम्पन्न भएको छ । प्रतियोगीतामा सिर्जना शर्मा प्रथम, रितु खनाल द्धितीय, केशवराज देवकोटा तृतीय, निमबहादुर थापा सान्त्वना भएका थिए । 

प्रतियोगीताका निर्णायकहरुमा दीपक शर्मा (समिर) , भुवन देवकोटा (शरद) , खगराज न्यौपाने, केशव थापा, डा हिमलाल पन्थी र हरिप्रसाद पोख्रेल रहेका थिए । प्रतियोगीताका विजेतालाई नगद तथा प्रमाण प्रदान गरिएको थियो । पहिलो चरण बाट छनोट भएका लाई दोस्रो चरण बाचन गरेका थिए । 

प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् ।

प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ ।  प्रदर्शनीको एघारौ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो ।

ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् ।  प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए ।

दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ ।  प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे