LISTEN LIVE RADIO

घोराहीमा हुने प्रदर्शनीको सम्पुर्ण तयारी पुरा, उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने



घोराहीमा हुने प्रदर्शनीको सम्पुर्ण तयारी पुरा, उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने

दाङ २५ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को सम्पुर्ण तयारी पुरा भएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनी मुल आयोजक समितीले तयारी सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सबै समिती तथा उप समितीहरुले आ आफनो तयारी पुरा गरेका छन् ।

प्रदर्शनीको उद्घाटन लुम्विनी प्रदेशका प्रमुख अमिक सेरचनले गर्नु हुने भएको छ । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ भोली देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।

स्थानिय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पु¥याउने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय वजारमा यहाको उत्पादित वस्तु पहिचान गराउने र स्थानिय भाषा, साहित्य कला, परम्परागत सिप, धार्मिक क्षेत्र एवम संस्कृतिको परिचय गराउदै संरक्षण एवम सम्वद्र्धन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् ।

भोली विहान संघको कार्यालय वाट विहान ११ वजे शोभा यात्रा सुरु हुने शोभा यात्रा व्यवस्थापन उप समितीका संयोजक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । प्रदर्शनीमा ३ सय स्टल रहेको र सबै स्टलहरु स्टलहरु बुक भइ सकेको स्टल व्यवस्थाप उपसमितीका संयोजक माधव खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे