LISTEN LIVE RADIO

सोचे अनुसार दर्शक नआएपछि राप्ती पुल महोत्सव बन्द



सोचे अनुसार दर्शक नआएपछि राप्ती पुल महोत्सव बन्द

सिसहनियाँ २१ फागुन । देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा सुरूवाती दिन देखि नै सोचे अनुसार दर्शक नआएपछि मेला घाटामा जाने डरले महोत्सव नै बन्द गरिएको छ ।

यसै बिच शनिबारको महोत्सवलाई चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायकहरू राज कुश्मी, श्रीनिवास चौधरी, थारू गायिकाहरू सोनु कुश्मी, समीक्षा चाैधरी,   इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियारले भरपुर्ण मनोरञ्जन दिएका थिए ।

साथै कुशल उद्घोषक दिपक बर्माले समेत दर्शकहरूलाई विभिन्न प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

राप्ती पुल संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास समिति गढवा गाउँपालिका–२ महदेवाको आयोजनामा गत फागुन १५ गते देखि सञ्चालित महोत्सव २६ गते सम्म सञ्चालन हुने भनिएको थियो ।

स्थानीय कला संस्कृतिको संरक्षण सँगै सिसहनियाँ– महदेवा जोड्ने सडकमा सडक बत्ती जडान गर्ने उद्देश्यले महोत्व आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे