LISTEN LIVE RADIO

प्रथम राप्ती पुल महोत्सवमा आज कृष्ण रेउले, श्रीनिवास चौधरी लगायतका कलाकारहरु आउँदै



सिसहनियाँ २० फागुन । देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा आज फागुन २० गते चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायक श्रीनिवास चौधरी लगायतका कलाकारहरु आउन लागेका छन् ।

त्यसै गरी महाेत्सवमा  इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियार साथमा कुशल उद्घोषक अनुप बुढा र दिपक बर्मा आउने महोत्सवका साँस्कृतिक संयोजक ओमप्रकाश चौधरीले जानकारी दिएका छन् । राप्ती पुल संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास समिति गढवा गाउँपालिका–२ महदेवाको आयोजनामा गत फागुन १५ गते देखि सञ्चालित महोत्सवको आज छैठाै दिन शुक्रवार ती कलाकारहरु आउन लागेका हुन् ।

स्थानीय कला संस्कृतिको संरक्षण सँगै सिसहनियाँ– महदेवा जोड्ने सडकमा सडक बत्ती जडान गर्ने उद्देश्यले महोत्व आयोजना गरिएको बताइएको छ । विहान ११ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थितीका लागि आम देउखुरीबासीमा आयोजकले अनुरोध समेत गरेको छ ।महोत्सवमा हिजाे पाँचौ दिन  चर्चित थारु गायिका अन्नु चौधरीले थुप्रै थारु गितको माध्यमबाट दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे