LISTEN LIVE RADIO

प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा थारु गायिका अन्नु चौधरीले मञ्च तताइन्



प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा थारु गायिका अन्नु चौधरीले मञ्च तताइन्

सिसहनियाँ १९ फागुन । देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा चर्चित थारु गायिका अन्नु चौधरीले थुप्रै थारु गितको माध्यमबाट दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी छिन् ।राप्ती पुल संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास समिति गढवा गाउँपालिका–२ महदेवाको आयोजनामा गत फागुन १५ गते देखि सञ्चालित महोत्सवको पाँचौ दिन विहिवार गायिका अन्नुले गित गाउदा कार्यक्रम अवलोकनमा आएका दर्शकहरुले हुटिङ गर्दै नाचेका थिए ।
थारु गित संगितमा रुचाइएकी अन्नुको गितमा रमाउन विभिन्न ठाउँबाट दर्शकहरु आएका थिए ।त्यसै गरी महोत्सवमा उद्घोषक तथा गायक मोडल अनुप बुढा र उद्घोषक डान्सर दिपक बर्मा सँगै स्थानीय कलाकारहरुले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए । महोत्सवको खासै प्रचार प्रसार नहुँदा दर्शकको संख्या केहि कम भएपनि अवको दिनमा क्रमिकहरुमा बढ्दै जाने अपेक्षा गरिएको महोत्सवका सञ्चालन आनन्द चौधरीले जानकारी दिएका छन् ।यसै बीच फागुन २० गते चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायक श्रीनिवास चौधरी ,इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियार साथमा कुशल उद्घोषक अनुप बुढा र दिपक बर्मा आउने महोत्सवका साँस्कृतिक संयोजक ओमप्रकाश चौधरीले जानकारी दिएका छन् ।स्थानीय कला संस्कृतिको संरक्षण सँगै सिसहनियाँ– महदेवा जोड्ने सडकमा सडक बत्ती जडान गर्ने उद्देश्यले महोत्व आयोजना गरिएको बताइएको छ । विहान ११ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थितीका लागि आम देउखुरीबासीमा आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे