LISTEN LIVE RADIO

मसुरीयामा शिवरात्री मेला तथा साँस्कृतिक कार्यक्रम हुने, प्रेम शर्मा सहितका कलाकार आउने



मसुरीयामा शिवरात्री  मेला तथा साँस्कृतिक कार्यक्रम हुने, प्रेम शर्मा सहितका कलाकार आउने

भालुवाङ १२ फागुन ।  देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा पनि शिवरात्री पर्वको अवसरमा मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।सम्पुर्ण उपभोक्ताहरुको आव्ह्वान, “परम्परागत संस्कार र संस्कृतीको जगेर्ना गर्ने हाम्रो अभियान“ भन्ने मुल नाराका साथ भद्राक्षी समुह राप्ती गाउँपालिका ३ मसुरीयाको आयोजना र घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा मेला सञ्चालन हुन लागेकाे हो ।  लुम्बिनी प्रदेशको सुन्दरनगरी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा फागुन १६ गते देखि १८ गते सम्म मेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ ।मेलाको पहिलो दिन फागुन १६ गते मसुरीयाको घण्टदेव सामुदायिक वन कार्यालय भएको भवन परिसरमा राती ८ बजे मेला उद्घाटन तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । मेलामा चर्चित कलाकारहरु प्रेम शर्मा, देवकला बस्नेत, राजेन्द्र चाैधरी, गाैतम चाैधरी लगायत कलाकारकाे बेजाेड प्रस्तुती रहने र स्थानीय कलाकारहरुले समेत मञ्च तताउने कार्यक्रम रहेकाे  मेला संयाेजक सुरेन्द्र भुसालले जानकारी दिएका छन्। मेलामा ५० वटा स्टल रहने बताइएकाे छ । मेलाबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने आयाेजकले जानकारी दिएकाे छ ।

मेलामा शिव मन्दीरमा पुजा–पाठका लागि सहज तरीकाले भक्तजनहरुलाई दर्शन र पुजाका लागि ब्यवस्थापन गरिने, परम्परागत संस्कार र संकृतीका जगेर्ना  गरिने,  स्थानीय  उत्पादनमा  आधारीत  परिकारहरुको  स्वाद  लिने  सकिने,  मौलिक  लोक  गितहरुमा  नृत्य  प्रतियोगिता, बालबालिकाका लागि खेलौनाहरुको प्रदर्शनी, रास्ट्रिय स्तरको जदुगरको जादुमय प्रस्तुती रहने बताइएकाे छ । कार्यक्रमको रेडियो राप्तीले प्रत्यक्ष प्रसारण गर्ने र राप्ती टेलिभिजनले कार्यक्रमको छायांकन गर्ने छ भने देउखुरी टुडे डटकमले प्रत्येक दिनको रिपोटिङ गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे