भालुवाङबाट तीन लाख बढी मूल्यको अवैध युरिया मल बरामद



भालुवाङबाट तीन लाख बढी मूल्यको अवैध युरिया मल बरामद

भालुवाङ ३२ असार । दाङको भालुवाङमा प्रहरीले बिलबिजक नभएको ठूलो परिमाणको युरिया मल बरामद गरेको छ।

बिहीबार राति करिब २ बजे इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी चेकिङ टोलीले राप्ती गाउँपालिका–१ भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरूको जाँच गर्ने क्रममा बिलबिजक नभएको १४० बोरा युरिया मल बरामद गरेको हो।

बरामद गरिएको युरिया मलको अनुमानित मूल्य रु ३ लाख १ हजार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आवश्यक कागजात तथा बिलबिजक प्रस्तुत गर्न नसकिएपछि उक्त मल नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको छ। प्रहरीले राजस्व छलि तथा अवैध रूपमा ओसारपसार हुने सामग्री नियन्त्रणका लागि नियमित चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे