विचौलियामुक्त सेवा प्रवाहमा राप्ती गाउँपालिकाको कडाई : सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशन



विचौलियामुक्त सेवा प्रवाहमा राप्ती गाउँपालिकाको कडाई : सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशन

भालुवाङ २० चैत । दाङको राप्ती गाउँपालिकाले सेवाग्राहीलाई छिटो, सहज र सरल रूपमा सेवा उपलब्ध गराउन विचौलियामुक्त सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरू तथा पशु सेवा केन्द्रलाई लक्षित गर्दै आवश्यक निर्देशन समेत जारी गरेको छ।

गृह मन्त्रालयको तथा जिल्ला प्रशासन कार्यालय दाङको परिपत्रको आधारमा गाउँपालिकाले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको हो । प्राप्त निर्देशन अनुसार सबै सरकारी तथा गैरसरकारी कार्यालयहरूले आफ्ना सेवाहरू विचौलियामुक्त ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रूपमा रकम असुल गर्ने व्यक्तिहरूको निगरानी गरी कानून बमोजिम कारबाही गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जारी गरेको सूचनामा सेवाग्राहीको हितलाई केन्द्रमा राखेर पारदर्शी र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सबै निकायलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे