भालुवाङ प्रहरीद्वारा अबैध केरा सहित ट्रक नियन्त्रणमा



भालुवाङ प्रहरीद्वारा अबैध केरा सहित ट्रक नियन्त्रणमा
देउखुरी १९ चैत । ईलाका प्रहरी कार्यालय भालुवाङले अबैध केरा सहित ट्रकलाई नियत्रणमा लिएकाे छ ।  दाङकाे राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ पुल्चोक स्थित पूर्ब-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा कपिलवस्तु बहादुरगँज देखी सल्यान तर्फ जादै गरेकाे रा १ ख. २२७६ नम्बरको मिनिट्रकमा लाेड गरी ल्याएकाे ५० क्यारेट अबैध केरा फेला पारी ट्रक सहित आवश्यक कारवाहीकाे लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा पठाईएको ईप्रका भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह एरीले जानकारी दिए ।
भारतबाट भन्सार छलेर केरा लैजाँदै गर्दा फेला पारी भालुवाङ प्रहरीले उक्त गाडीलाई भन्सारका लागि कृष्णनगर पठाइएकाे निरीक्षक एरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे