देउखुरीको माैरीघाटमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते



देउखुरीको माैरीघाटमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

भालुवाङ ३० कार्तिक । दाङको देउखुरीमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक निवासी वर्ष १८ को समीर खान र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ निवासी वर्ष १७ को रविन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइते दुवैको अवस्था मध्यम रहेकोले भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-४  पेट्रोल पप्प नजिक आइतबार बिहान १०:३० बजेको समयमा पश्चिम बाट पुर्व तर्फ गइरहेको चैतन्य पाठशालाको रा १ क १९८ नम्बरको स्कुल बस र पुर्व देखि पश्चिम तर्फ आइरहेको रा २ प ४२९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।  स्कुल बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे