राप्ती प्रेस मञ्चले पत्रकारहरूका लागि निशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने



राप्ती प्रेस मञ्चले पत्रकारहरूका लागि निशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने

भालुवाङ २९ कार्तिक । दाङको राप्ती गाउँपालिकामा पत्रकारहरूका लागि निशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ ।

राप्ती गाउँपालिकामा रहेको पत्रकारहरूको साँझ संस्था राप्ती प्रेस मञ्चले  यहि मंसिर ५ गते वडा नम्बर ५ को सिसहनियाँमा शिविर सञ्चालन गर्न लागेको हो । तिलगंगा सर्जिकल आँखा केन्द्र र अध्या मेडिकल हल सिसहनियाँको प्राविधिक सहयोगमा मञ्चले शिविर चलाउन लागेको हो । रिपोर्टिङका क्रममा पत्रकारहरूको आँखामा हुने समस्या तथा स्वास्थ्यलाई समेत ध्यानमा राखि मञ्चले शिविर चलाउन लागेको हो । देउखुरी क्षेत्रका पत्रकारहरूलाई शिविरमा सहभागी गराई उनीहरूको आँखा सँगै सुगर, प्रेसर, मृगौला चेकजाँच गरिने मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

त्यस्तै मञ्चले आगामी मंसिर २२ गते दोस्रो घुम्ती बैठक राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा बस्ने र सोही दिन लागू औंषध दुर्वयशन, ट्राफिक सचेतना तथा साइवर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको मञ्चका महासचिव गुप्ताले जानकारी दिए । मञ्चका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतामा शनिबार राप्ती गाउँपालिका-१ पाखापानीमा बसेको पहिलो घुम्ती बैठकमा मञ्चका उपाध्यक्ष बलराम शाही (भिसुन), महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्यहरू मोतीराम भट्टराई, विदुर एमसी, मुक्तिराम पाैडेल, किरण जिसी, निसाकुमारी चाैधरीको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे