भालुवाङ होटेल व्यवसाय समितीको नबौँ साधारणसभा देउखुरीको भालुवाङमा सम्पन्न



भालुवाङ होटेल व्यवसाय समितीको नबौँ साधारणसभा देउखुरीको भालुवाङमा सम्पन्न

भालुवाङ २८ कार्तिक । दाङ—देउखुरीको भालुवाङ होटेल व्यवसाय समितीको नवौँ बार्षिक साधारणसभा आज शुक्रबार राप्ती उद्योग बाणिज्य संघको सभाहल भालुवाङमा सम्पन्न भएको छ । समितीका अध्यक्ष सुमन्त भुसालको अध्यक्षता एवम् होटेल व्यवसाय महासंघ नेपालका लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभाको उद्धाटन गर्दै होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष पुनले होटेल व्यवसायहरुले होटेल मात्र सञ्चालन गरेर नभई होटेलले दिने सेवा सुविधा र व्इवस्थापनमा ध्यान दिन सुझाब दिए । उनले हरेक होटेल व्यवसायहरु गा्रहकमैत्री बन्न आग्रह गरे । बरिष्ठ उपाध्यक्ष पुनले गाडीका यात्रुलाई खाना खुवाउने होटेलहरुको सेवा प्रबाहका बिषयमा ब्यापक गुनासो आएकोमा आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउँदै समस्या समाधानका लागि महासंघ तयार रहेको बताए ।

समितीका बरिष्ठ उपाध्यक्ष प्रेम खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको साधारणसभामा समितीका महासचिव दुर्गाप्रसाद पन्थीले बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा दाङ–देउखुरी होटेल व्यवसाय समितीका अध्यक्ष इश्वर बुढा, लमही होटेल व्यवसाय समितीका सह–सचिव बाबुराम खनाल, गढवा होटेल व्यवसाय समितीका अध्यक्ष रामबहादुर थापाक्षेत्री, सोही समिती कै संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष दयाराम थापा, भालुवाङ होटेल व्यवसाय समितीका निर्वतमान उपाध्यक्ष नारायण शर्मा, संस्थापक अध्यक्ष भिमार्जुन सुवेदी, देउखुरी टुडे डटकमका प्रधानसम्पादक सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितीका सल्लाहकार तथा निर्वतमान अध्यक्ष महेश बेल्बासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे