देउखुरीको सिसहनियाँ बजारमा माइक्रोबसको ठक्करबाट एक जना वृद्व गम्भीर घाइते



देउखुरीको सिसहनियाँ बजारमा माइक्रोबसको ठक्करबाट एक जना वृद्व गम्भीर घाइते

सिसहनियाँ ४ पुस । दाङको देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना बृद्व गम्भीर घाइते भएका छन् ।

बिहीबार राति ६:४५ बजेको समयमा राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चाैधरी गम्भीर घाइते भएका छन् ।

भालुवाङ देखि लमही जाँदै गरेको रा १ ख ८०३ नम्बरको माइक्रो बसले ती वृद्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे