दाङको लमही-९ च्याउखोला नजिक गाडी दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते



दाङको लमही-९ च्याउखोला नजिक गाडी दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते

लमही १ पुस । दाङको देउखुरीमा मिनी बस दुर्घटना भएको छ ।

सोमबार विहान ६ बजे लमही–कोहलपुर सडक खण्ड अन्तरगत लमही नगरपालिका-९ च्याउ खोला नजिक कपिलवस्तुको चन्द्राैटाबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी मिनी बस अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कविराज रोकायले जानकारी दिएका छन् ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रोकायले जानकारी दिए । दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ । चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे