बहिरा मानिसहरुकाे हकअधिकार सुनिश्चित गर्छाैं : मुख्यमन्त्री आचार्य



बहिरा मानिसहरुकाे हकअधिकार सुनिश्चित गर्छाैं : मुख्यमन्त्री आचार्य

दाङ ७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहिरा व्यक्तिकाे पहिचान, शिक्षा तथा विकासको लागि प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार बहिरा महासंघका केन्द्रीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यलाई भेट गरेकाे छ । साे क्रममा मुख्यमन्त्री आचार्यले समावेशी शिक्षा र सांकेतिक भाषालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जमा गर्ने बताए ।`बहिरा नागरिककाे हक अधिकार राज्यले सम्बाेधन गर्छ´उनले भने-`बहिरा नागरिककाे पहुँच बढाउन ध्यान दिन्छौं ।´ यसैबीच बहिरा नागरिकहरुकाे राष्ट्रिय भेला हुने भएको छ ।

मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय भेलाकाे बारेमा जानकारी गराइएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा मंसिर २८ गते राष्ट्रिय भेला र रजत महाेत्सव गर्न थालिएको हाे । ५४ वटा जिल्लामा बहिरा संघ छ । ७ वटा प्रदेशमा छ समिति बनेका छन । बहिरा महासंघका केन्द्रीय अध्यक्ष सन्ताेष केसी, लुम्बिनी प्रदेशका अध्यक्ष रिन्कु गुप्ता, जिल्ला अध्यक्ष लगायतकाे टाेलीले मुख्यमन्त्री आचार्य र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना संग भेट गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे