लमही प्रहरीद्वारा २ सय किलो बढी मह बरामद



लमही प्रहरीद्वारा २ सय किलो बढी मह बरामद

लमही ६ मंसिर । लमही नगरपालिका -४ स्थित अर्नवामा महमा चिनी/ भेली मिठाई मिसाएर बिक्रीवितरण गरेको गुनासो आएपछि प्रहरीले अन्दाजी २ सय १० किलो मह सहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

उनिहरुले उक्त महलाई ४ सय रुपैयाँ प्रतिकिलोदेखी एक हजार रुपैयाँ सम्ममा बजारमा बिक्रि गर्ने गरेको खुलेको छ । सप्तरी जिल्ला राजबिराज नगरपालिका -२ निवासी वर्ष २१ कसिन्सर धामी, चन्दन धामी, लड्डु धामी, दीपक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुलाई सोधपुछ पश्चात् जिम्मा जमानीमा छोडिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालको उपस्थितिमा प्रहरीले नियन्त्रणमा लिएको महलाई परिक्षणका लागि तुलसीपुर पठाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । महमा मिसावट भए कानूनी कारबाही हुने र मिसावट नभए सबै मह उनिहरुलाई फिर्ता गरिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे