राप्तीको अर्नहनपुरमा कार्तिक २९ देखि मंसिर २ गते सम्म रामघटवा मेला सञ्चालन हुँदै



राप्तीको अर्नहनपुरमा कार्तिक २९ देखि मंसिर २ गते सम्म रामघटवा मेला सञ्चालन हुँदै

सिसहनियाँ २८ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा रामघटवा मेला सञ्चालन हुने भएको छ ।

रामघटवा मेला व्यवस्थापन समितिको आयोजनामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मेला आयोजना गरेको हो । कार्तिक २९ गते देखि मंसिर २ गते सम्म आयोजना गरिएको मेलामा ४ सय बढी स्टल राखिएको छ भने मेला बाट संकलित रकमले रामजानकी मन्दिर तथा मेलाको फिल्ड व्यवस्थापनमा खर्च गरिने मेला प्रचारप्रसार समितिका संयोज कयम चौधरीले जानकारी दिएका छन् । मेला सँगै विभिन्न जातजाति, भाषाभाषीहरुको साँस्कृतिक प्रस्तुती, कृषकले उत्पादन गरेको कृषि बाली, हस्तकलाका सामाग्री, लोकल तथा घरेलु परिकार प्रदर्शनमा राखिने संयोजक चौधरीले जानकारी दिएका छन् ।

मेलाको मुख्य आकर्षणको रूपमा नेपालको दोस्रो लामो पुल अवलोकन, राप्ती नदीमा बनेको झुलुङगे पुल अवलोकन, राम जानकी मन्दिरमा पुुजा आराधना, बच्चाका खेलौना तथा रमाइलो खेलहरु, चर्खे पिङ, डुंगे पिङ, ड्राईगन ट्रेन, मिक्की माउस, हात्ती जम्पिङको मजा लिन सकिने बताइएको छ । बिहिवार मध्यान्न १२ बजे मेलाको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे