महिला सांसदहरूको गुनासो : बजेट निर्माणमा अर्थपूर्ण सहभागीता हुँदैन
भालुवाङ २६ कार्तिक । सरकारले बनाउने नीति, कार्यक्रम तथा बजेट निर्माणमा महिला सांसदहरूको सहभागीता अर्थपूर्ण नहुने गरेको लुम्बिनी प्रदेशका महिला सांसदहरूले गुनासो गरेका छन् ।
दलित महिला महासंघ नेपालले सोमबार दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा आयोजना गरेको प्रदेश महिला सभा सदस्यहरूको प्रभावकारी नेतृत्वको लागि सहकार्य विषयक कार्यक्रममा सहभागी महिला सांसदहरूले सो गुनासो गरेका हुन् । हामीलाई योजना लिएर आउनुस् भन्नू हुन्छ तर त्यही योजना, कार्यक्रम तथा बजेट बनाउने विषयमा महिला सांसदहरूलाई बाइपास गरि नीति कार्यक्रम तथा बजेट बनाउने गरिएको महिला सांसद लोका विकले भन्नू भयो । त्यस्तै उनले लक्षित वर्गका कार्यक्रम छनौट प्रक्रियामा लक्षित वर्गलाई नराखि कार्यक्रम तथा बजेट विनियोजन गर्ने गरेको गुनाासे गरिन् ।
महिलालाई ३३ प्रतिशत अधिकार दिएपनि निर्णायक तहमा भने अर्थपुर्ण सहभागीता भएको छैन् आर्की महिला सांसद मिना कुमारी श्रेष्ठले गुनासो गरेकी छिन् । २ वर्ष बितिसक्यो हामीलाई बजेट बनाउने विषयमा कुनै जानकारी भएन थाहा पनि पाएनौ । अब यो वर्ष के हुन्छ हेरौ श्रेष्ठले भनिन् । महिलालाई हरेक तहमा अर्थपुर्ण तरिकाले सहभागीता गराउने विषयमा हाम्रो लडाइँ सुरू भएको सांसद श्रेष्ठले बताइन् ।
कार्यक्रममा दलित महिला महासंघ नेपालकी प्रतिनिधि मिना परियारले महिला सांसदहरूको समस्या तथा गुनासोलाई सम्बोधन गर्न महासंघले पुलको काम गर्ने बताएकी छिन् ।
महिला सांसदहरूका थुप्रै समस्या तथा गुनासा छन् । ती समस्या तथा गुनासा सम्बोधन गर्न हामी लागेका छौ उनले भनिन् । कार्यक्रममा महिला प्रदेशसभा सदस्यको समस्याको पहिचान गरि समाधान गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियोे । कार्यक्रमको सहजीकरण द–एसिया फाउन्डेसनका यशस्वी ढुंङ्गेल र महासंघका कार्यक्रम संयाेजक मासुम अधिकारीले गरेका थिए ।