बलात्कृत नाबालिकाकी आमाले गराइन प्रहरीमा जाहेरी दर्ता : १० जना माथि छानबिन 



बलात्कृत नाबालिकाकी आमाले गराइन प्रहरीमा जाहेरी दर्ता : १० जना माथि छानबिन 

भालुवाङ ३० असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा बलात्कृत भएकी नाबालिकाकी आमाले आज प्रहरीमा जाहेरी दर्ता गराएकी छिन् ।

राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका गत असोज २४ गते बलात्कृत भएकी थिइन् । घटना घटेको ७ दिन पछि इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दर्ता भएको छ । यद्यपी बलात्कार गर्ने व्यक्तिको पहिचान नभएकोले दोषी पत्ता लगाई कडा कारवाही गर्न जाहेरीमा माग गरिएको छ । घटना घटेपछि प्रहरीले हाल सम्म विभिन्न समयमा गरि १० जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तर प्रहरीले नाम भने कसैको खुलाएको छैन । सो दिन ती नाबालिका भालुवाङ स्थित सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला बलात्कृत भएकी थिइन् ।

नाबालिकाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण रिपोर्टमा बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । यस विषयमा प्रहरी सँग बुझ्दा जाहेरी दर्ता भइसकेको र व्यापक मात्रमा प्रहरी परिचालन गरिसकिएकोले अव छिट्टै दोषी पक्राउ गरि सार्वजनिक गर्ने बताएको छ । तर घटना घटेको हप्ता दिन बितिसक्दा पनि दोषी पक्राउ गर्न नसक्नुले कतै प्रहरीकै संलग्नता त छैन भन्ने आशांका स्थानीयले गर्न थालेका छन् । भने निर्मला पन्तको जस्तै अपराधी लुकाउन खोजेको आभाष भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे