राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुहुने



राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुहुने

काठमाण्डौ २६ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले यसअघि निकालेको सूचना अनुसार राष्ट्रपति पौडेलले आज दिउँसो ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जङ्गी तथा प्रहरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म टीका लगाइदिने र त्यसपछि सर्वसाधारणलाई टीका लगाउने सूचनामा उल्लेख छ । यसैबीच राष्ट्रपति पौडेलले विजयादशमीको टीका आफ्ना ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन् । बिहान शीतल निवासमा शुभ साइतमा उहाँले टीका र जमरा ग्रहण गर्नुहुनेछ । साथै उनले गुरुबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे