शान्ति युवा क्लव लठ्ठहवाको दशैं विशेष साँस्कृतिक कार्यक्रम



शान्ति युवा क्लव लठ्ठहवाको दशैं विशेष साँस्कृतिक कार्यक्रम

सिसहनियाँ २५ असाेज ।  शान्ति युवा क्लव राप्ती गाउँपालिका ५ लठ्ठहवाले दशै विशेष साँस्कृतिक कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा क्लवले रात्रीकालिन कार्यक्रम सम्पन्न गरेको हाे । क्लवका अध्यक्ष श्रीबहादुर चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ वडा सदस्य सावित्रा देवी दमाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाेल्ने वक्ताहरुले थारूहरूको कला, संस्कृति र भाषा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । साथै उनीहरुले पछिल्लो समय नयाँ पिढीले आफ्नो गित संगित भुल्न थालेको प्रति चिन्ता व्यक्त गरेका थिए ।सो अवसरमा क्लवका सल्लाहकार बामदेव चा‌ैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, साँस्कृतिक संयोजक कृष्णबहादुर चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारू झुमरा नाच,सोङ र नृत्य प्रस्तुत गरिएको थियो ।  कार्यक्रमको सञ्चालन शान्तराम चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे