कृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देश : समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध
राप्ती उपत्यका (देउखुरी) १० भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका हुन ।
प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययीबनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् ।सुशासन कायम गर्ने विषयलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको छ ।
नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ । समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको महाअभियानमा जोडिन सबै राजनैतिकदल, सामुदायिक संघ संस्था र आम नागरिकहरुमा अपिल समेत गरेका छन् ।