गुरुकुल एकेडेमी लमहीले मनायो एक सय दिनको उत्सव, नेपाली शिक्षामा अब्बल बन्दै गएकाे दाबी



गुरुकुल एकेडेमी लमहीले मनायो एक सय दिनको उत्सव, नेपाली शिक्षामा अब्बल बन्दै गएकाे दाबी

लमही १५ साउन । गुरुकुल एकेडेमी लमहीले स्थापना भएको एक दिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको विद्यालयले आफ्नो एक दिनको उत्सव मनाएको हो । बिभिन्न कार्यक्रम गरेर एक सय दिनकाे उत्सव मनाएको हो ।

पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थि तथा शिक्षकहरुले बिभिन्न किसिमका नृत्य, गीत, ड्रामा तथा बिट बक्सिङ प्रस्तुत गरेका थिए । उत्सवको अवसरमा विद्यार्थीहरुले गुरुकुल एकेडेमी लमहीमा एक सय दिनको अनुभव समेत सुनाएका थिए ।

गुरुकुल एकेडेमी लमही स्थापना पश्चात विद्यालयमा आबद्ध भएका बिद्यार्थीहरुले पढाई संगै के–कस्ता कृयाकलाप सिके भन्ने बिषय आम अभिभावक माझ प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिए ।

नृत्य क्षेत्रको प्रशिक्षकमा हेमन्त पान्डे रहेका थिए भने अन्य गायन, ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहेका थिए । विद्यार्थीहरुको शैक्षिक सुधार तथा सर्वाङगिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ ।

जसका कारण विद्यार्थीहरु शिक्षा बाहेक अन्य कृयाकलापमा पनि अब्बल बन्दै गएको छ । कार्यक्रमको अवशरमा विद्यालयका प्रधानाध्यापक सुरज खनालले आफ्नो भनाई राखेका थिए ।  उनले विद्यालयका शिक्षक, कर्मचारी, संचालक समिति र सेयर सदस्य लगायतको अथक मेहनतपछि आफूहरु सफल बन्दै गएको बताए ।

प्रधानाध्यापक खनालले विद्यालयको सफलताको लागि नविनतम प्रबिधी प्रयोग गरेर उच्च क्वालिटिको शिक्षा प्रदान गर्ने र आफ्नो विद्यार्थीहरुको  भविष्य सुनिश्चित रहेको हुँदा सम्पूर्ण अभिभावकहरुलाई ढुक्क रहन पनि आग्रह गरेका थिए । साथै उनले विद्यालयलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे