बामपन्थीहरुकाे एकताकाे कथा असफल भइसकेकाे छ: एमाले महासचिव पाेख्रेल



दाङ १५ साउन । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले वामपन्थीहरुकाे विचमा एकताकाे कथा असफल भइसकेकाले पुरानै बाटाेबाट अघि बढ्न नसक्ने बताएका छन्।

प्रेस चाैतारी दाङले मंगलबार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महासचिव पाेख्रेलले कम्युनिस्ट पार्टी एकताकाे प्रहसन अब नदाेहाेरीने ठाेकुवा गरे । उनले नेताकाे टाउकाे जाेडेर गरिने एकता दिगाे हुदैन । त्याे हामीले व्यहाेरिसक्याैं । अब कार्यकर्ताकाे मन जाेडेर राजनितीक धुब्रिकरण जरुरी छ´महासचिव पाेख्रेलले भने । उनले कम्युनिस्टमा बिचार राख्नेहरु एमाले तिर र पुँजिवादी समाजवाद व्यवस्थामा बिचार राख्नेहरु कांग्रेस तर्फ धुब्रिकरण हुन आवश्यक छ । यसरी बलियाे राजनितीक शक्ति निर्माण गर्न सकिन्छ ।´ साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीति दल एक ठाउँमा आउनु परेकाे स्पष्ट पारे ।

महासचिव पाेख्रेलले राजनीतिक स्थायित्व र जनतामा बढ्दै गरेकाे निरासा चिर्न एमाले-कांग्रेसकाे विचमा सहकार्य गरिएको बताए । उनले संविधान सभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनितीक दलहरुकाे विचमा सहकार्य भएको स्पष्ट पारे ।`संवैधानिक संरचनालाइ बलियाे बनाउनेगरी दलहरुकाे बीचमा सहकार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे