लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्य सहित अन्य ८ मन्त्रीद्वारा सपथ ग्रहण



लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्य सहित अन्य ८ मन्त्रीद्वारा सपथ ग्रहण

देउखुरी ९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

एमाले संसदिय दलका उपनेता चेतनारायण आचार्य संविधानको धारा १६८ को उपधारा २ बमोजिम साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी संगै अन्य ८ जना मन्त्रीहरुले समेत सपथ लिएका छन् । विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख शेरचनले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री आचार्य अर्घाखाँची क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन् ।

सत्तारुढ दल एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालयको नेतृत्व छ भने नेपाली कांग्रेसबाट ५ मन्त्री नियुक्त हुनु भएकाे छ । नेकपा एमालेको तर्फबाट रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्मा मन्त्री बनेका छन्। यस्तै नेपाली काँग्रेसको तर्फबाट दाङका प्रचण्ड बिक्रम न्यौपाने, प्यूठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की मन्त्री बनेका छन्।

नेपाली काँङ्ग्रेसका सचेतक जन्मजय तिमिल्सिना मन्त्री बन्ने तय भएपनि अन्तिममा उनको नाम हटेको हो । यसैबीच नवनियुक्त मन्त्रीहरुले समेत आज नै विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पछि मुख्यमन्त्री आचार्यले आजै पदभार गर्नेछन् । त्यस लगत्तै पदविभाजन हुने नवनियुक्त मुख्यमन्त्री आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे