शिवसवरी धाम पहरुवामा बाजागाँजा सहित कलशयात्रा र शिव मुर्ती स्थापना



शिवसवरी धाम पहरुवामा बाजागाँजा सहित कलशयात्रा र शिव मुर्ती स्थापना

सिसहनियाँ ७ साउन । दाङको राप्ती गाउँपालिका–५ पहरुवामा सोमवार बाजागाजा सहित कलशयात्रा सँगै शिव मुर्ती स्थापना गरिएको छ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा रहेको शिवसवरी धाम धार्मिक केन्द्रले साउन महिनाको पहिलो सोमवारका दिन कलशयात्रा सँगै शिव मुर्तीको स्थापना गरेको हो । साउन २६, २७ र २८ गते धामको आयोजनामा सञ्चालन हुन लागेको त्रिदिवसीय श्रृङगारिक महाआरती तथा एक दिवसीय शिव कथा उत्सव प्रवचन कार्यक्रम अन्तरगत पहिलो सोमवार कलशयात्रा र शिव मुर्ती स्थापना गरिएको धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीले जानकारी दिएकी छिन् ।

धामबाट कलश लिएर गंगासागरमा गई पानी लिई सिसहनियाँ बजार हुँदै बड्का सिसहनियाँमा रहेको शिव मन्दिर, पहरुवा माथिको डाँडामा रहेको सतिदेवीको मन्दिरमा जल तथा पुजा पाठ गरि पुन धाममा आइ शिवको मुर्ती स्थापना गरि विशेष पुजा आराधाना गरिएको धामकी संरक्षक गुरु चौधरीले बताइन् । अव दोस्रो र तेस्रो सोमवार विशेष पुजा आराधना हुने छ भने २६, २७ र २८ गते महाआरती र शिव कथा प्रवचन हुने बताइएको छ ।

यसै बीच कोहलपुर–९ भवानीपुर बाँके निवासी हरिबहादुर बुढाक्षेत्री र सुनिता थापा बुढाक्षेत्रीले धाममा शिव मुर्ती र शिवलिंग सहयोग गरेका छन् । २१ हजारको लगानीमा ती दम्पत्तीले धामलाई मुर्ती सहयोग गरेका हुन् । धामलाई शिव मुर्ती र शिवलिंग सहयोग गरेको प्रति धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीले धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे