देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु



देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

देउखुरी ७ साउन । मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक बालिकाको ज्यान गएको छ ।

ज्यान जानेमा लमही नगरपालिका -१ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

आइतबार बेलुका पौने आठ बजेको समयमा स्वस्तिकाले नर्तीमा बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएकी थिईन । गम्भीर घाइते स्वस्तिकाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक गढवा गाउँपालिका- २ महादेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते हुनु भएको छ । शर्माको चिउडो र बायाँ हातमा चोट लागेकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे